PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषको यस्तो तयारी : गाँजाभाङ निषेध, सादा पोशाकमा खटाइँदै प्रहरी



सहयोग रञ्जित

महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषको यस्तो तयारी : गाँजाभाङ निषेध, सादा पोशाकमा खटाइँदै प्रहरी
फाइल फोटो

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले शुक्रवार हुने महाशिवरात्रिको तयारी जारी रहेको जनाएको छ। बुधवार दिउँसो पत्रकार सम्मेलन गरी कोषले विभिन्न समितिहरु गठन भइसकेको जनायो।

कोषले महाशिवरात्रीका लागि सुरक्षा व्यवस्थाको तयारीसमेत पुरा भएको जनाएको छ। पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'नेपाल प्रहरीको अगुवाईमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका समेत सुरक्षाकर्मी, जनशक्ति मेला अवधिभर परिचालन गरिने छ। सादा पोशाकमा समेत प्रहरीहरु परिचालन गरी मेला क्षेत्रको विशेष अनुगमन गरिनेछ। 

मेलामा मासु, मदिरा र गाँजा निषेध गरिएको छ। 'पशुपति क्षेत्र कानुनद्वारा नै मांस, मदिरा तथा कुनै पनि प्रकारका नशालुपदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्व समेतमा गाँजा-भाङ, जाँड-रक्सी जस्ता नशालु पदार्थहरुको बिक्रीवितरण, ओसारपसार, भण्डारण एवं प्रयोग वा सेवन नगर्न सबैलाई अनुरोध गरिएको छ।'

त्यसैगरी पशुपति क्षेत्र प्लाष्टिक निषेधित क्षेत्र भएको उल्लेख गर्दै कोषले मेला क्षेत्रमा सेवा प्रदान गर्ने सबै संस्थाहरुलाई भोजन, पानी, चिया वितरण गर्दा प्लाष्टिकका कप प्रयोग नगर्न अनुरोध गरेको छ।

यी हुन् महाशिवरात्रीका लागि गठन भएका उपसमितिहरु

पशुपति क्षेत्र विकास कोषले माननीय संस्कति पर्यटन तथा उडडयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष श्री योगेश भट्टराईज्यको संयोजकत्वमा १११ सदस्यीय महाशिवरात्रि व्यवस्था मूल समिति -२०७६ को गठन गरी सो अन्तर्गत रही कार्य सम्पादन गर्न देहाय अनुसारका उपसमितिहरुको गठन गरी योजना तय गरेको छ:

उपसमितिहरु 
१ सुरक्षा व्यवस्था उपसमिति 
२. आवास, भोजन तथा भौतिक पूर्वाधार उपसमिति 
३. प्रचार प्रसार उपसमिति 
४. साधुसन्त तथा धार्मिक उपसमिति 
५. वातावरण, सरसफाई तथा जुत्ताचप्पल व्यवस्था उपसमिति 
६. स्वास्थ्य सेवा व्यवस्था उपसमिति 
७ मेला बजार तथा साजसजावट उपसमिति 
८. स्वयसेवा, दर्शन, चन्दन तथा मन्दिर एवं रात्रिकालीन व्यवस्था उपसमिति 
९. स्वयंसेवा परिचालन एवं अनुगमन उपसमिति 
१० सरकारी निकाय समन्वय समिति 
११ अनुगमन, मुल्याङ्कन तथा तथ्याङ्क संकलन उपसमिति 

यस्तो छ कोषले जारी गरेको विज्ञप्ति



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell