PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

चीनबाट ल्याइएका नेपालीमा देखिएन कोरोनाको संक्रमण



फूलमाया पुरी

चीनबाट ल्याइएका नेपालीमा देखिएन कोरोनाको संक्रमण

काठमाडौं : कोरोना आउटब्रेक इपिसेन्टर वुहानबाट शनिवार उद्धार गरिएका नेपालीहरुमा कोरान भाइरसको संक्रमण नभएको देखिएको छ।

स्वास्थ्य मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गर्दै भक्तपुरको खरीपाटीमा रहेका उनीहरुमा संक्रमण नदेखिएको जानकारी दिएको हो।

'उहाँहरुमा कोरोनाको कुनै पनि संक्रमण देखिएको छैन,' मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने।

शनिवार चीनबाट ल्याइएका १ सय ७५ जनालाई खरिपाटीमा रहेको क्वारेन्टाइनमा राखिएको छ। उनीहरुलाई अझै १४ दिनसम्म त्यहाँ राखेर परीक्षण गरिने छ। अबको १४ दिनपछि फेरि परीक्षण गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

उद्धार गरी ल्याइएका १ सय ७५ जनाको चीनमा नै स्वास्थ्य परीक्षण गरी ल्याइएको थियो जसमा १ सय ३४ जना पुरुष र ४१ जना महिला छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell