PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

२०१९ मा ३ हजार ३६४ महिला अधिकार हनन्, ‘हातहातमा पोर्नोग्राफी हुँदा बढ्यो बलात्कार’



प्रकाश भण्डारी

२०१९ मा ३ हजार ३६४ महिला अधिकार हनन्, ‘हातहातमा पोर्नोग्राफी हुँदा बढ्यो बलात्कार’

काठमाडौं : नेपालमा मानव अधिकार उल्लंघनका घटना बढेका छन्।

२०१८ मा ५ हजार १‍१० वटा मानव अधिकार उल्लंघनका घटना भएकोमा २०१९ मा ६ हजार ६૪२ वटा घटना घटेका छन्। जसमा ५ हजार ११० जना पीडित भएको नेपाल मानव अधिकार बर्ष पुस्तक २०२० मा अनौपचारिक सेवा केन्द्र इन्सेकले जानकारी दिएको छ।

मानव अधिकार हनन् का घटना बढेको इन्सेक अध्यक्ष इन्दिरा श्रेष्ठले बताइन्। जसमा महिला बढि पीडित भएको उनको भनाइ छ।

हात हातमा पोर्नोग्राफी हुनुले पनि बलात्कारका घटना बढेको तर यौन शिक्षा भने नभएको बियोन्ड बेइजिङ कमिटिका अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठले बताइन्।

उनले भनिन्, ‘एकातिर अहिले सबैको हातहातमा पोर्नोग्राफि आउने मिडिया छ, अर्कोतिर सेक्स एजुकेशन छैन। त्यसैले पनि रेपका घटना बढेका हुन् कि?’

२०१९ मा भएका मानव अधिकार हनन्का घटनामध्ये सबैभन्दा बढि ३ हजार ३६४ वटा महिला अधिकार उल्लंघनका घटना भएका छन्। २०१८ को तुलनामा २०१९ मा बलात्कारका घटना बढेका छन्। २०१८ मा ४ सय ७५ वटा बलात्कारका घटना भएकामा २०१९ मा ५३० वटा घटना भएका छन्। त्यस्तै २०१८ मा १५५ वटा बलात्कार प्रयासमा घटना भएकामा २०१९ मा १४३ वटा घटना भएका छन्।

यसैगरी घरेलु हिंसा पनि २०१९ मा बढेको पाइयो। २०१८ मा १ हजार ६ सय ३२ वटा घरेलु हिंसाका घटना भएकामा २०१९ मा २ हजार ७९ वटा घटना भएका छन्।

त्यस्तै १ हजार ४४७ वटा बाल अधिकार हनन्का घटना भएका छन्। इन्सेकले सन् १९९२ देखि नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell