PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

जनताको सम्पत्तिमाथि खेलवाड भयो : लोहनी



पहिलोपोस्ट

जनताको सम्पत्तिमाथि खेलवाड भयो : लोहनी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले जनताको सम्पत्तिमाथि खेलवाड भएकोले जनता संघर्षमा उत्रनु पर्ने अवस्था सिर्जना भएको बताएका छन्।

देशमा विकसित बेथिति र भ्रष्टाचारलाई इंगित गर्दै अध्यक्ष लोहनीले जनताको भूमिका टड्कारो भएको बताएका हुन्। प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै लोहनीले प्रजातन्त्रको मान्यताअनुसार देशको सार्वभौमिकता, शासन व्यवस्थाको आधार जनताको सर्वोच्चतामा निहीत हुने बताए।

‘प्रजातान्त्रिक पद्धतिको यही यथार्थ बुझेर शासनमा बस्नेहरूले काम गर्नु पर्ने हो। तथापि जनताको साधन श्रोत र सम्पत्तिमाथि खेलवाड भएको छ। त्यसकाविरुद्धमा जनता आफैँ उत्रनु पर्छ भन्ने चिन्तन आजको आवश्यकता भएको हो,’ सन्देशमा उनले भनेका छन्।

फागुन ७ गतेले अगाडि बढ्न आम नेपालीलाई प्रेरणा दिनेछ भन्दै लोहनीले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई थप सुदृढ गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गरेका छन्।

उनले भने, ‘ऐतिहासिक जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताले फागुन ७ गते राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपूर्ण र अविस्मरणीय दिन हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell