PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

‘बी’ डिभिजन लिग फागुन ११ गतेबाट, पहिलो खेलमा बोइज युनियन र कुमारी क्लब भिड्ने



पहिलोपोस्ट

‘बी’ डिभिजन लिग फागुन ११ गतेबाट, पहिलो खेलमा बोइज युनियन र कुमारी क्लब भिड्ने

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘बी’ डिभिजन लिगको तालिका सार्वजनिक गरेको छ। फागुन ११ गतेबाट शुरु हुने लिगको पहिलो खेलमा बोइज युनियन र श्री कुमारी क्लब भिड्नेछन्।

लिगका सबै खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ। लिगमा सहभागिता जनाउने १२ टिम बोइज युनियन, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयाँबस्ती युवा क्लब, झम्सीखेल युथ क्लब, आरसिटी, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस् क्लब, बाँसबारी युथ क्लब र श्री कुमारी क्लब रहेका छन्।

फागुन ११ गतेबाट शुरु हुने लिग चैत २३ गते सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell