PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

प्रतिबन्धपछि सिटीको पहिलो जित, समर्थकका नारा ‘युइएफए माफिया’



पहिलोपोस्ट

प्रतिबन्धपछि सिटीको पहिलो जित, समर्थकका नारा ‘युइएफए माफिया’

इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वेस्टह्याममाथि जित निकालेको छ। घरेलु टोली सिटीले रोड्री र केभिन डि ब्रुइनको गोलमा वेस्टह्याममाथि २-० को सहज जित निकालेको हो।

खेलमा शुरुबाटै सिटी हावी भएको थियो। खेलको चौथो र १४ औं मिनेटमै पनि ग्राव्रियल जिससले गोलको राम्रा अवसरहरु पाएका थिए। यद्यपि उनले सदुपयोग गर्न भने सकेनन्। खेलको ३० औं मिनेटमा डि ब्रुइनको पासमा रोड्रीले गोल गर्दै सिटीलाई अग्रता दिलाए। पहिलो हाफमा सिटी १ गोलले अगाडि रह्यो। दोस्रो हाफमा पनि सिटीले फेरि १ गोल थप्यो। खेलको ६२ औं मिनेटमा डि ब्रुइनले गोल गर्दा म्यानचेस्टर सिटीले २-० को जित निकाल्न सफल भयो।

युइएफएले म्यानचेस्टर सिटीलाई कारबाही गर्ने निर्णय गरेपछि सिटीको यो पहिलो जित हो। खेलका क्रममा सिटीका समर्थकहरुले ‘युइएफए माफिया’, ‘युइएफए कार्टेल’ जस्ता नाराहरु लगाएका थिए। युइएफएले फाइनान्सियल फेयर प्ले रेगुलेसन, क्लब लाइसेन्सिङ जस्ता कारण देखाउँदै सिटीमाथि युरोपियन च्याम्पियन्स लिगमा २ वर्षे प्रतिवन्ध लगाउने बताएको थियो। यसविरुद्ध सिटी कोर्टको आर्बिट्रेसन फर स्पोर्टस्मा जाने बताइसकेको छ।

जितसँगै २६ खेलमा १७ जित ३ बराबरी र ६ हार ब्यहोरेको म्यानचेस्टर सिटी ५४ अंकसहित अंककतालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानमा अपराजित लिभरपुल छ। उसको ७६ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell