PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

जर्मनीमा बन्दुकधारीको हमला : आठ जनाको मृत्यु, केही गम्भीर घाइते



पहिलोपोस्ट

जर्मनीमा बन्दुकधारीको हमला : आठ जनाको मृत्यु, केही गम्भीर घाइते

जर्मनीको हानाउमा बन्दुकधारीको दुई फरकफरक हमलामा परी आठ जनाको मृत्यु भएको छ। अज्ञात समूहले सिसा बारमा गरेको आक्रमणमा अन्य ६ जना गम्भीर घाइते भएका छन्।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार पहिलो आक्रमणमा तीन र दोस्रोमा पाँच जनाको ज्यान गएको छ।

आक्रमणकारीहरु हमलापछि भागेका थिए। दुई विशेष प्रहरी युनिटहरु आक्रमणकारीको खोजीका लागि परिचालन भएका छन्। 

बन्दुकधारीले स्थानीय समय अनुसार रातको १० बजे आक्रमण गरेका थिए। हानाउ हेसन राज्यको शहर हो जुन फ्रयाङ्कफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell