PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

क्वारेन्टाइनमा राखिएको डायमन्ड प्रिन्सेसमा दुई जापानी नागरिकको मृत्यु



पहिलोपोस्ट

क्वारेन्टाइनमा राखिएको डायमन्ड प्रिन्सेसमा दुई जापानी नागरिकको मृत्यु

जापानमा डायमन्ड प्रिन्सेस क्रुज सिपमा कोभिड १९ (कोरोना भाइरस) संक्रमित दुई व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा करिब ८० वर्षमा एक महिला र एक पुरुष छन्।

पानी जहाजमा यात्रा गरिरहेकाहरु केही यात्रुहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि पानीजहाजलाई नै क्वारेन्टाइनमा राखिँदै आएको छ।

पानीजहाजमा धेरै संख्यामा वृद्धवृद्धा र रुघाखोकीका विरामी भएको बताइन्छ। त्यसैले पनि पानीजहाजमा रहेकाहरुमा छिट्टो संक्रमण फैलिएको अनुमान गरिएको छ। करिब ३ हजार यात्रु रहेको पानीजहाजमा ६ सय २० जनालाई कोरोनाको संक्रमण भएको थियो। संक्रमितहरुलाई पानीजहाजमा नै चिकित्सकको निगरानीमा राखिएको थियो।

पानीजहाजमा विभिन्न देशका नागरिक रहेका छन्। केहीलाई भने स्वास्थ्य परीक्षण गरेर फिर्ता पठाइएको छ।

चीनमा मात्रै कोरोना भाइरसका कारण दुई हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। चीन बाहिर फिलिपिन्समा पहिलोपटक यस भाइरसबाट संक्रमितको मृत्यु भएको थियो। मृत्यु हुनेमा चिनियाँ नागरिक नै थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell