PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

बाँस्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग



पहिलोपोस्ट

बाँस्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग

काठमाडौंः घुस मागेको भन्दै  विवादमा तानिएका सञ्चार तथा सूचना प्राविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न नेपाली कांग्रेसले माग गरेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद प्रक्रियामा रकमको बार्गेनिङ गरेको मन्त्री बाँस्कोटाको अडियो सार्वजनिक भएपछि कांग्रेसले यस्तो माग गरेको हो।

कांग्रेसले बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेको हो।

'निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको  प्रक्रियामा सघाउन नेपाली कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिकरुपले आग्रह गर्दछ।' विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell