PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

सुन पुग्यो तोलाको ७७ हजार ६ सय



पहिलोपोस्ट

सुन पुग्यो तोलाको ७७ हजार ६ सय

काठमाडौं : कारोबारको पाँचौ दिन बिहीवार नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवारको कारोबारका लागि सुनको भाउ प्रतितोला ७७ हजार ६ सय रूपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा तोलामा ५ सयले बढेको हो।

बुधवार तोलाको ७७ हजार १ सय र मंगलबार ७६ हजार ७ सयमा कारोबार भएको थियो। आइतबार र सोमवार भने प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा स्थिर थियो। तेजाबी सुन पनि बिहीवार प्रतितोला ७७ हजार ३ सय रूपैयाँ पुगेको छ।

त्यसैगरी अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँले बढेर ९ सय १५ पुगेको छ। बुधवार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबाट ८ सय ५५ थियो भने गत सोमबार र मंगलबार ८ सय ९० मा स्थिर थियो।

‘सुन महंँगिदा कारोबारमा पुरै मन्दी छ,' महासंघ उपाध्यक्ष ज्ञानुराज शाक्यले भने, 'कोरोनालाई जितेर चिनियाँ अर्थतन्त्र सही ट्रयाकमा नआउञ्जेल भाउ घट्ने संकेत कमै देखिन्छ। अन्तर्राष्ट्रिय बजारमा बुधवार बिहानसम्म प्रतिऔंस १६०४.९० डलरमा कारोबार भइरहेको दिउँसो नै १६१०.५० सम्म पुगेको थियो। बिहीवार बिहान १६११.८० डलर पुगेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell