
काठमाडौं : संचार मन्त्री गोकुल बाँस्कोटाको आलोचनात्मक टिप्पणी सधैं चर्चित हुने गर्छ। हिजो राति सार्वजनिक भएको टेप प्रकरणपछि उनीमाथि चाहिँ त्यस्तैखाले टिप्पणीको वर्षा भइरहेको छ। उनीसँगै जोडिएकाहरु पनि टेप प्रकरणपछि बाँस्कोटाप्रति आलोचनात्मक टिप्पणीमा सक्रिय भएका छन्।
गाउँले लबज निकालेर 'हेप्नी?' भन्ने बाँस्कोटाको शैली चर्चित रह्यो सधैभरि। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उनको नक्कल गरेर 'हेप्नी' भन्दै पत्रकारहरुलाई हँसाएका थिए। तर, ७० करोडको घुसवाला टेप सार्वजनिक भएपछि भने उनकै शैलीमा उनीमाथि आक्रामक टिप्पणीहरु हुन थालेका छन्।
सामाजिक सञ्जालमा उनको यस सन्दर्भलाई लिएर विभिन्न खाले टिप्पणी हुनुको पछाडि उनको बोल्ने शैली र प्रधानमन्त्रीले उनको बचाउमा दिँदै आएको अभिव्यक्तिले काम गरेको छ। हुन् पनि धुलिखेल नगरपालिकाको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको चर्कै प्रशंसा गरेका थिए। त्यसैले आज सामाजिक सञ्जालमा 'हट केक' बनेका छन् संचार मन्त्री बाँस्कोटा।
क्याप्सन फेरियो है । pic.twitter.com/qbH3P6vkhd
— Rabindra Manandhar (@Robindarr) February 20, 2020
दुई दिन अघि प्रधानमन्त्री भन्दैथिए, "तुलोको एकातिर सारा मन्त्री, अर्कोतिर गोकूल बास्कोटा।" हो रैछ। मू … कर्मचारीहरुलाई...
Posted by Rajesh Mishra on Wednesday, February 19, 2020
७५ करोडका सम्बन्धमा बालुवाटारे कविहरू टुक्का बनाउँदै होलान र केही बेरमै प्रधानमंत्रीका तर्फबाट एउटा टुक्का जान सक्छ ।
Posted by Ekindra Kunwar on Wednesday, February 19, 2020
याे भ्रष्टसंगकाे अंगालाे कसरी छुट्याउने ? यी मन्त्री हुनुभन्दा पहिला धेरै पेग ठाेक्काइयाे, कहिले तत मम गर्दै घुमियाे,...
Posted by KhilBahadur Bhandari on Wednesday, February 19, 2020