PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

कांग्रेसले सोध्यो : ७० करोड टेप प्रकरणमा मन्त्री बाँस्कोटाले भनेको ‘हामी’मा को को पर्छन्?



पहिलोपोस्ट

कांग्रेसले सोध्यो : ७० करोड टेप प्रकरणमा मन्त्री बाँस्कोटाले भनेको ‘हामी’मा को को पर्छन्?

काठमाडौं : नेपाली कांग्रेसले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ‘टेप’ प्रकरणमा दबाब मुक्त भएर छानबिन गर्नुपर्ने बताएको छ।

बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले यो प्रकरणमा कुनै पनि प्रकारको दबाबबाट मुक्त भएर छानबिन गर्नुपर्ने बताएका हुन्। ‘हामी’भित्र कोको पर्छ, त्यसको पनि छानबिन हुनुपर्ने प्रवक्ता शर्माले बताएका छन्।

उनले भने, ‘भूतपूर्व हुन लागेका मन्त्रीप्रति कुनै अग्रह छैन, शाहि आयोग गठन जस्तो नहोस्। हामीभित्र कोको पर्छन भन्ने प्रश्न उठाउनु स्वभाविक हो, त्यहि अनुसारले छानबिन होस्।’

कांग्रेसले संसदमा यस विषयलाई प्रखर रुपमा उठाउने समेत उनले बताए छ।

‘पहिलो ट्याबलेटले काम गरेन भने अर्को ट्याबलेट या के उपचार गर्नु पर्छ कांग्रेसले गर्ने छ,’ प्रवक्ता शर्माले भने।

मन्त्री बास्कोटाले कर्मचारीप्रति अपशब्द प्रयोग गर्नु आपत्तिजनक रहेको कांग्रेसले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell