PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

मन्त्री बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित



पहिलोपोस्ट

मन्त्री बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं : प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेसको कमिसनबारे ७० करोड माग्नु आपत्तिजनक भएको भन्दै कांग्रेसले विरोध गरेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेका हुन्।

अध्यक्ष तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउनेबित्तिकै कांग्रेसका सांसहरु उठेका थिए। त्यसपछि कांग्रेस सांसद जितेन्द्र देवले मन्त्री बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने र कारबाहीको प्रक्रिया अघि बढ्नुपर्ने बताए। मन्त्री बाँस्कोटाको बिषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद सञ्चालन गर्न नदिने उनले बताए।

अध्यक्ष तिमिल्सिनाले आवश्यक प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गरेको भन्दै सदन अघि बढाउन सहयोगको माग गरेका थिए।

तर कांग्रेसका सांसदहरुले उठेरै विरोध गरेपछि अध्यक्ष तिमिल्सिनाले फागुन १५ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell