PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

अमेरिकी बलर पटेलको बलिङ अवैधानिक !



पहिलोपोस्ट

अमेरिकी बलर पटेलको बलिङ अवैधानिक !
तस्बिर : espncricinfo

अमेरिकी क्रिकेट टिमका अलराउन्डर निसर्ग पटेललाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले निलम्वन गरेको छ। उनको बलिङ एक्सेन अवैधानिक भएको भन्दै आइसिसीले उनलाई निलम्वन गरेको जनाएको छ।

लेफ्ट आर्म स्पिनर पटेलले कीर्तिपुरमा सम्पन्न विश्वकप लिग २ अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा ७ ओभर बलिङ गरेका थिए। यद्यपि उनले विकेट भने लिन सकेनन्। सिरिजको क्रममा उनले आइसिसीको बलिङ रेगुलेसन भन्दा बाहिर रहेर बलिङ गरेकाले आइसीसीले कारवाही गरेको हो।

उनीमाथिको निलम्बन विज्ञ समूहले उनको बलिङ एक्सन रिभ्यु गरेर इन्डिपेन्डेन्ट एसिसमेन्ट बुझाएपछी मात्र खुल्ने बताइएको छ। पटेलको बलिङ १५ डिग्रीभन्दा माथि रहेको र त्यो आइसिसीको रेगुलेसन भन्दा बाहिर रहेकाले निलम्वित गरिएको आइसिसीको विज्ञप्तीमा जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell