PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

७० करोड काण्डपछि संचार मन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा, संसदमा पुग्यो जानकारी



पहिलोपोस्ट

७० करोड काण्डपछि संचार मन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा, संसदमा पुग्यो जानकारी

काठमाडौं : संचारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन्। ७० करोड घुस प्रकरणको टेप सार्वजनिक भएको भोलिपल्ट बाँस्कोटाले राजीनामा दिएका हुन्।

उनको राजीनामाबारे संसदमा अनौपचारिक रुपमा जानकारी पुगेको छ।  संसदमा सभामुख अग्नि सापकोटाले राजीनामाको अनौपचारिक जानकारी आएको बताए। कञ्चनपुरमा रहेका बाँस्कोटा आजैमात्र काठमाडौं फर्केका हुन्। उनी यहाँ आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।

अडियो टेप सार्वजनिक भएपछि बाँस्कोटाले कञ्चनपुरमा गल्ती गरे सजाय भोग्न तयार रहेको प्रतिक्रिया दिएका थिए। उनले कम्युनिष्टहरुले भ्रष्टाचार नै गर्न नसक्ने ठोकुवा गरेका थिए। 

नेपाली कांग्रेसले समेत बाँस्कोटाको राजीनामा माग्दै अनुसन्धान हुनुपर्ने माग राखेको थियो। कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रियसभा अवरुद्ध गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell