PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

इपिएलमा एकपछि अर्का चर्चित क्रिकेटर, पोखराले भित्र्यायो स्कटिस ब्याट्सम्यान जर्ज मुन्से



पहिलोपोस्ट

इपिएलमा एकपछि अर्का चर्चित क्रिकेटर, पोखराले भित्र्यायो स्कटिस ब्याट्सम्यान जर्ज मुन्से

काठमाडौं : एभरेस्ट प्रिमियर लिग (इपिएल) को चर्चा यसपटक अलि बढी नै छ। कारण हो इपिएलमा भित्रिएका एकपछि अर्का स्टार विदेशी खेलाडी।

केही हप्ताअघि मात्र क्रिस गेलले इपिएल खेल्ने घोषणाले राम्रै चर्चा बटुल्यो। गेललाई भित्र्याउने टोली थियो पोखरा राइनोज। त्यसपछि पनि पोखराले वेस्टइन्डिजकै बलर केस्रिक विलियम्सलाई पनि भित्र्याएको थियो। राइनोजले बिहीवार अर्को विज्ञप्ति निकाल्दै स्कटल्यान्डका ओपनर ब्याट्सम्यान जर्ज मुन्सेलाई इपिएलका लागि अनुबन्धन गरेको बताएको छ।

सन् २०१९ मा नेदरल्यान्डविरुद्ध शतक बनाएर १ सय २७ रनमा अभिजित रहेका मुन्से स्कटल्यान्डका देब्रे हाते ब्याट्सम्यान हुन्। २६ वर्षे मुन्सेले टिममा विशेष योगदान दिने विश्वास लिएको पोखरा राइनोजले लिएको छ।

'नेपालको एभरेस्ट प्रिमियर लिगमा खेल्नका लागि प्रतिक्षा गरिरहेको छु। यो एउटा ठूलो प्रतियोगिताका रुपमा लिएको छु। सबैलाई इपिएलमा देख्न चाहन्छु,' मुन्सेले भनेका छन्।

पोखरा राइनोजको अभिभावक कम्पनी जगदम्बा स्पोर्ट्सकी ओनर दीपा अग्रवालले मुन्सेको आगमनले टिमका लागि कम्प्लिमेन्ट हुने बताइन्।

'हामीसँग अघिल्लो सिजन पनि स्कटिस प्लेयर थिए। यसपटक मुन्सेलाई टिममा स्वागत गर्न पाउँदा खुशी छु,' उनले भनिन्।

यसअघि पनि विभिन्न टिमहरुले विभिन्न चर्चित खेलाडीहरु भित्र्याइसकेका छन्। वेस्ट इन्डिजका अलराउन्डर ड्वाने स्मिथ, श्रीलंकन बाँया हाते ब्याट्सम्यान उपुल थरंगा, अफगानिस्तानका विस्फोटक ओपनर मोहम्मद सहजाद लगायतका खेलाडीहरु भित्रिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell