PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

७० करोड घुसको अडियो 'लिक' गर्ने मिश्रलाई प्रहरीले थाल्यो खोज्न



पहिलोपोस्ट

७० करोड घुसको अडियो 'लिक' गर्ने मिश्रलाई प्रहरीले थाल्यो खोज्न

काठमाडौं : सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड बार्गेनिङ प्रकरणमा अडियोमा सुनिएका विजयप्रकाश मिश्रसहित अन्य एक जनामाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

संसदको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको साइबर क्राइम व्यूरोलाई पत्राचार गर्दै कारबाहीको लागि सिफारिस गरेको थियो। समितिले पठाएको पत्र व्युरोले पाइसकेको छ।

'पत्र हाम्रो आइसकेको छ। अब अनुसन्धान गर्छौं,' व्यूरोका एक प्रहरी अधिकृतले भने।

सुरक्षण स्थापना सम्बन्धित विचाराधीन विषयसँग जोडिएका सांसदको चरित्रहत्या गर्ने प्रयास भएकाले कारबाही गर्न निर्देशन दिएको थियो। लेखा समितिले विजयप्रकाश मिश्र र प्रभात किशोर उपाध्यायलाई साइबर क्राइममा मुद्दा चलाउन निर्देशन दिएको हो। मिश्र भर्खरै राजीनामा दिएका सञ्चारमन्त्री बाँस्कोटासँग अडियोमा घुस रकम डिल गरिरहेका व्यक्ति हुन्।

उपाध्यायले भने फेसबुकमा लेखा समितिका पदाधीकारीहरुको फोटो पोस्टै गर्दै लान्छना लगाएका थिए।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर साइबर क्रमाइममा अनुसन्धान गर्ने भएको हो। ७० करोड बार्गेनिङ प्रकरणमा तानिएका मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell