PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

स्वास्थ्य अवस्था गम्भीर बनेपछि लक्ष्मण थारूले तोडे आठौँ दिनमा अनशन



एम बम

स्वास्थ्य अवस्था गम्भीर बनेपछि लक्ष्मण थारूले तोडे आठौँ दिनमा अनशन

धनगढी : थरुहट/थारुवान राष्ट्रिय मोर्चाका नेता लक्ष्मण थारूले अनशन तोडेका छन्। संविधान संशोधनलगायतका माग राखेर फागुन १ गतेदेखि आमरण अनशनमा रहेका थारुवान राष्ट्रिय मोर्चाका संयोजक थारूले आठौँ दिनमा अनशन तोडेका हुन्।

उनी रेशम चौधरीलगायतलाई रिहाइ, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन लगायतका १४ बुँदे माग राखेर अनशन बसेका थिए। उनले कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको हातबाट जुस पिएर अनशन तोडेका हुन्।

आन्दोलनमा ऐक्यवद्धता जनाएका राजनीतिक दलहरुले स्वास्थ्य अवस्था गम्भीर बनेकाले आन्दोलनका अन्य विकल्प अघि सार्न सुझाएपछि उनले अनशन स्थगित गरेको बताइएको छ।

अन्य आन्दोलनका कार्यक्रम भने जारी रहने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell