PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

गोकुल बाँस्कोटालाई कारबाहीको माग गर्दै उत्रिएका नेविसंघका नेता कार्यकर्तालाई प्रहरीको लाठी, घाइते भए नेता



पहिलोपोस्ट

गोकुल बाँस्कोटालाई कारबाहीको माग गर्दै उत्रिएका नेविसंघका नेता कार्यकर्तालाई प्रहरीको लाठी, घाइते भए नेता

काठमाडौं : ७० करोड घुस प्रकरणमा मुछिएका निवर्तमान संचार मन्त्री गोकुल बाँस्कोटालाई कारबाहीको माग गर्दै विरोधमा उत्रिएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका विद्यार्थी नेतालाई प्रहरीले घाइते बनाएको छ।

रत्नराज्यलक्ष्मी क्याम्पस अगाडि विरोधमा उत्रिएका नेविसंघका नेता तथा कार्यक्रता र प्रहरीबीच झडप भएको हो। झडपमा परी नेविसंघका अध्यक्ष राजीव ढुंगाना, महामन्त्री उर्मिला थपलिया, युवराज पाण्डे, दीपक भट्टराई लगायत १२ जना घाइते भएका छन्।

घाइते सबैको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell