PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

दुई लाख घुससहित नगरपालिकाका प्राविधिक पक्राउ



रासस

दुई लाख घुससहित नगरपालिकाका प्राविधिक पक्राउ

सुर्खेत : भेरीगंगा नगरपालिका सुर्खेतका एक प्राविधिकलाई दुई लाख रुपैयाँ घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई आज साँझ भेरीगङ्गाकै मदानेचौरबाट रङ्गेहात पक्राउ गरेको हो।

अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले निर्माण सम्पन्न भइसकेको झोलुङ्गे पुलको काम गरेवापत खानेपानी प्राविधिक केसीले घुस मागेको खुल्न आएको बताए। अख्तियारको टोलीले घटनास्थल मुचुल्कापछि प्राविधिक केसीमाथि अनुसन्धान शुरु गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell