PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

शिवरात्रिको पूर्वसन्ध्यामा नागा बाबाहरुको बेग्लै ताल

शिवरात्रिको पूर्वसन्ध्यामा नागा बाबाहरुको बेग्लै ताल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : शुक्रवार महाशिवरात्री। काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा धेरै संख्यामा भक्तजनहरु पुग्ने गर्छन्। यसैबीच पशुपति मन्दिर परिसरमा सयौंको संख्यामा नागा बाबाहरु पुगेका छन्। धेरैजसो बाबाहरु भारतबाट आएका हुन्।

केही दिन यता पशुपतिमा शरीरमा खरानी दलेर बसेका नागाहरु हेर्नेहरु भिड लागेको छ। नागाहरु मोक्षको खोजीमा हरेक वर्ष शिवरात्रीका दिन पशुपति पुग्ने गर्छन्। पशुपति विकास कोषले नागा बाबाहरुको खाना र बसोवासको व्यवस्था गरेको छ। यस वर्ष दुई सयभन्दा धेरै नागाहरु पशुपति पुग्ने अनुमान गरिएको छ। नागाहरुसँगै हजारौंको संख्यामा साधु सन्तहरु पशुपति पुग्ने क्रम जारी छ। 



ट्रेन्डिङ पोस्ट

Ncell