PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंज कारागारका १८ जना कैदीबन्दीलाई कैद माफ



राधेश्याम पटेल

वीरगंज कारागारका १८ जना कैदीबन्दीलाई कैद माफ

वीरगंज : वीरगंज कारागारबाट १८ जना कैदीबन्दीको कैद माफ गरिएको छ। फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर गृह मन्त्रालयबाट कैद माफी भएर आएका विभिन्न मुद्दाका १८ जना पुरुष कैदीबन्दीको रिहा भएको वीरगंज कारागारका जेलर श्रवणकुमार पोखरेलले जानकारी दिए।

हरेक वर्षजस्तै प्रजातन्त्र दिवसको अवसरमा आरचण राम्रो र ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीबन्दीहरुको कैद माफीको लागि सिफारिस गर्दै आएको छ।

सोही अनुरुप यस वर्ष सिफारिस गरिएका १९ जनामध्ये १८ जनाको कैद माफ भएर आएको र औपचारिक कार्यक्रम गरी उनीहरुलाई रिहा गरिएको उनले बताए। १८ जनामध्ये अधिकांश पर्सा, बाराका कैदीबन्दी रिहा भएका छन्। सवारी ज्यान, कुटपिट, अंगभंग, बन पैदावार, सरकारी कागज किर्ते, ज्यान मार्ने उद्योगलगायत मुद्दाका कैदीबन्दीहरुको कैद माफ भएको हो।

बारा, प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ताले कैदीबन्दीहरुलाई अबीर, माला लगाई बिदाइ गरे।    प्रसौनी गापाका ६ जना रिहा भएका कैदीबन्दीलाई स्वागत गर्न पुगेका गाउँपालिका अध्यक्ष गुप्ताकै प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो। वीरगंज कारागारमा १८ जना रिहा भइसकेपछि हाल विभिन्न मुद्दाका १ हजार ३ सय ३५ जना कैदीबन्दी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell