PahiloPost

Dec 21, 2025 | ६ पुष २०८२

काठ तस्करलाई छुटाउन वनकर्मीमाथि स्थानीयको आक्रमण



राधेश्याम पटेल

काठ तस्करलाई छुटाउन वनकर्मीमाथि स्थानीयको आक्रमण

वीरगंज : राष्ट्रिय वन क्षेत्रबाट काठ तस्करी गरेका रामलगन दास थारुलाई बचाउन पर्सागढी नगरपालिकाको कटरिया र बढनिहार टोलका स्थानीयले सब–डिभिजन बन कार्यालय बढनिहारका कर्मचारीमाथि आक्रमण गरेका छन्।

गएराति साढे आठ बजे दुवै टोलका दर्जनौँ व्यक्तिले बन कर्मचारीमाथि हातपात गर्दै पक्राउ परेका अभियुक्तलाई छुटाएर लगेका छन्। उनीहरुले कार्यालयको ढोका तोडफोड गरी लुटपाट गरेको सब–डिभिजन बन कार्यालय बढनिहारका सहायक बन अधिकृत शशिकान्त तिवारीले जानकारी गराए।

स्थानीयको आक्रमणमा परी जमदार प्रदीप तिमल्सिनाको टाउकोमा चोट लागेको छ। घटनाको छानबिन र दोषीलाई आवश्यक कारबाहीको लागि स्थानीय प्रहरी, प्रशासनसँग समन्वय भइरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell