PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

जय शम्भो...

जय शम्भो...

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौः आज महाशिवरात्रि। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ।

पशुपति मन्दिर परिसरमा सयौंको संख्यामा नागा बाबाहरु आएका छन्। धेरैजसो बाबाहरु भारतबाट आएका छन्। गत वर्षको भन्दा यो पटक अहिलेसम्म भक्तजनहरुको घुइँचो कमै देखिएको छ। तर मध्यान्हबाट भने भीड बढ्ने देखिन्छ। किनकी शिवरात्रीका दिन धेरै संख्यामा युवायुवती दिउँसोबाट पशुपति पुग्ने गर्छन्। धेरैको उद्देश्य शिवको दर्शन भन्दा पनि शिव बुटी अर्थात् गाँजा, भाङ र धतुरो खानु हुन्छ। तर यसपटक भने गाँजा बेचविखनमा प्रहरीले कडाइ गरेको छ। तर पनि युवापुस्ता नागा बाबा र साधुको वरिपरि झुमिरहेका हुन्छन्।

पशुपतिमा आएका थरिथरिका बाबा युवापुस्ताका आकर्षणका केन्द्र बनेका देखिन्छन्।



ट्रेन्डिङ पोस्ट

Ncell