PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि छनोट पूरा



पहिलोपोस्ट

थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि छनोट पूरा
तस्बिर : राखेप

काठमाडौं : थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि बक्सिङ खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ।

सातदोबाटोमा भएको प्रतियोगिताबाट पुरुषमा ६ र महिलामा ३ गरी ९ खेलाडी थाइल्यान्डको पटायामा अप्रिल १ देखि १० तारिखसम्म हुने च्याम्पियनसिपका लागि छनोट भए। आ–आफ्नो स्पर्धामा पहिलो हुने खेलाडीले थाइल्यान्ड यात्रा पक्का गरेका हुन्।

नेपाल बक्सिङ संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट महिला ५१ केजीमा नेपाल आर्मीकी ललिता महर्जन नेपाल प्रहरीकी दिवाना शेर्मालाई पराजित गर्दै पहिलो भइन्। महिला ५७ केजीमा आर्मीकी मिनु गुरुङले आर्मीकै चन्द्रकला थापाबाट वाक ओभर पाउदै छनोट भइन्। महिला ६० केजीमा नेपाल आर्मीकी पुनम रावल बुधबारै छनोट भइसकेकी छन्।

पुरुष ५२ केजीमा प्रहरीका चन्द्रबहादुर थापाले आर्मीका सुशिल थापा मगर, ५७ केजीमा आर्मीका पुरन सुनुवारले ललितपुरका बुद्ध ग्याम्जो लामा, ६३ केजीमा काठमाडौंका सनिल शाहीले झापाका अभिनय राई, ६९ केजीमा प्रहरी भुपेन्द्र थापाले दाङका विकास राणा र ८१ केजीमा आर्मीका गणेश प्रधानले दाङका केशर खत्रीलाई हराउदै पहिलो भए। प्रतिद्वन्द्वीविहीन आर्मीका रवि सुनुवार पुरुष ७५ केजीमा स्वतः छनोट भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell