PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

रेल चलाउन सरकारले माग्यो २६ जना कर्मचारी, साधारण लेखपढ गर्न जान्नेलाई पनि अवसर



पहिलोपोस्ट

रेल चलाउन सरकारले माग्यो २६ जना कर्मचारी, साधारण लेखपढ गर्न जान्नेलाई पनि अवसर

काठमाडौंः धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल चल्ने भएपछि सरकारले नेपाल रेलवे कम्पनी लिमिटेडमा कर्मचारी भर्ना सुरु गरेको छ।

कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको छ। यसमध्ये कम्पनीले २६ जना कर्मचारी माग गरेको छ। कम्पनीले सिनियर सेक्सनल इन्जिनयर सिग्नलिङ पदका लागि एकजना माग गरेको छ।

कम्पनीले आठजना स्टेशन मास्टर, एक/एक जनाका दरले चिफ पावर कन्ट्रोलर र चिफ लोको इन्स्पेक्टर माग गरेको छ।

यसैगरी तीन/तीन जनाका दरले लोको पाइलट, सह लोको पाइलट, पीवे सुपरभाइजर, मेकानिक र पोइन्टस मेन माग गरेको छ। साधारण लेखपढदेखि स्नातकसम्मलाई जागिर प्रस्ताव गरिएको छ। जागिरका लागि आगामी १५ दिनभित्र आवेदन दिइसक्नु पर्छ।

सरकारले रेल सञ्चालनका लागि केही साताअघि नियमावली सार्वजनिक गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell