PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

खप्तड गोल्डकप आजबाट शुरु



रासस

खप्तड गोल्डकप आजबाट शुरु

धनगढी : खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ। आज धनगढी रंगशालामा हुने उद्घाटन खेलमा वाग्मती क्लब र कञ्चनजंघा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेतालाई २१ लाख रुपैयाँ एक तथा उपविजेतालाई १० लाख रुपैयाँ एक सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ।

प्रतियोगितको आयोजनामा एक करोड ५० लाख खर्च हुने अनुमान आयोजकको भनाइ छ। सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एकमात्रै गोल्डकप हो।

‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम-११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell