PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

कोरोना भाइरसविरुद्धको 'लडाई'मा हेर्नुस् यसरी भिडिरहेकी छिन् ७३ वर्षीया वैज्ञानिक ली

कोरोना भाइरसविरुद्धको 'लडाई'मा हेर्नुस् यसरी भिडिरहेकी छिन् ७३ वर्षीया वैज्ञानिक ली

पहिलोपोस्ट /पहिलोपोस्ट


चीन यतिबेला नोवेल कोरोना भाइरस विरुद्धको अभियानमा जुटिरहेको छ। देशभरका चिकित्सकहरु कोरोना विरुद्धको लडाइमा अग्रपङ्तिमा रहेर लडिरहेका छन्।

यस लडाईमा अग्रपङ्तिमा लडिरहेकी छिन्, ७३ वर्षीया ली लाजुआन। चीनको प्राणघातक रोगहरुको पहिचान र निवारण सम्बन्धी काम गर्ने मुख्य प्रयोगशालाकी प्रमुख रहेकी ली यतिबेला वुहान विश्वविद्यालयको रनमिन अस्पतालमा विरामीहरुको उपचार गरिरहेकी छन्। कोरोना भाइरस बारेमा अध्ययन गरेकी तथा चीनमा २००३ मा फैलिएको सार्स पत्ता लगाउने ७ वैज्ञानिक मध्येकी एक हुन ली।

७३ वर्षीया इपिडिमियोलोजिस्ट ली चीनको नेशनल हेल्थ कमिसनले वुहानमा खटाएको उच्च स्तरीय विज्ञ टोलीकी एक सदस्य हुन्।

नोवेल कोरोना भाइरसको 'आउटब्रेक इपिसेन्टर' वुहानमा एक महिनादेखि निरन्तर रुपम प्रोएक्टिभ कपडा लगाएर काममा खटिइरहेकी छन्।



ट्रेन्डिङ पोस्ट

Ncell