PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

शिवरात्रीमा बसलाई बाटो छेक्दा बालकको गयो ज्यान



रासस

शिवरात्रीमा बसलाई बाटो छेक्दा बालकको गयो ज्यान

दोलखा : शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ। कालिञ्चोक गाउँपालिका-९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको हो।

सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले आज ११:३० बजे बालकलाई बसको पछाडिपट्टिको चक्काले किचेको हो।

दुर्घटनामा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालबालिकाको समूहलाई बसले डोरीसहित लतार्दा पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको स्थानीयवासीले बताएका छन्।

मृतक बालकको शव घटनास्थलमै राखिएको छ भने बस लिएर चालक सिधै जिल्ला प्रहरी कार्यालय आएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell