PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

ओली सरकार भ्रष्टहरुको झुन्ड हो : सह-महामन्त्री डा महत



राधेश्याम पटेल

ओली सरकार भ्रष्टहरुको झुन्ड हो : सह-महामन्त्री डा महत

वीरगंज : नेपाली कांग्रेसका सह-महामन्त्री डा प्रकाशसरण महतले ओली सरकार भ्रष्टहरुको झुन्ड हो भन्ने उदाहरण गोकुल बाँस्कोटाको अडियो काण्डले प्रमाणित गरेको दाबी गरेका छन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणलगायतका अन्य धेरै प्रकरणमा मन्त्री बाँस्कोटाले अरबौँको भ्रष्टाचार गर्न खोजेको आरोप लगाउदै डा महतले घटनाको निश्पक्ष छानबिन हुनुपर्ने माग समेत गरे।

नेपाल प्रेस युनियन पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सह-महामन्त्री महतले यो प्रकरणमा अरुको पनि संलग्नता हुन सक्ने आशंका व्यक्त गरे। उनले काठमाडौंमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता/कार्यकर्तामाथि प्रहरीले गरेको दमनप्रति आपत्ति जनाउदै डा महतले पुलिसलाई सरकारमुखी नबनेर जनताप्रति उत्तरदायी बन्नु पर्ने कुरामा जोड दिए।

भातृसंस्थाका नेता/कार्यकर्ताले भ्रष्टाचारको विरोध गर्दा पुलिसले लाठीचार्ज गरेको भन्दै भ्रष्टाचारको संरक्षणमा नलाग्न पुलिस प्रशासनलाई सह-महामन्त्री महतले आग्रह गरे। प्रधानमन्त्रीले गोकुल प्रकरण बारे सदनमा स्पष्ट जवाफ दिनुपर्ने पनि महतले माग गरेका छन्।

उनले कांग्रेस गुट/उपगुटको सिकार भइरहेको बताए। नेता/कार्यकर्ताले एकजुट भएर अगामी समयमा राजनीति नगरे पार्टीलाई घाटा लाग्ने उनको भनाइ थियो।

प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसभासद अनिल रुंगटा, पर्साका सभापति अजयकुमार द्विवेदीलगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell