PahiloPost

Jun 2, 2024 | २० जेठ २०८१

नेकपा एमसिसी कार्यदलले अध्यक्षलाई बुझायो प्रतिवेदन, ‘यथास्थितिमा एमसिसी स्वीकार्न सकिन्न’



कुञ्जरमणि भट्टराई

नेकपा एमसिसी कार्यदलले अध्यक्षलाई बुझायो प्रतिवेदन, ‘यथास्थितिमा एमसिसी स्वीकार्न सकिन्न’

काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा अध्ययन गर्न बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले प्रतिवेदन बुझाएको छ। कार्यदलले अध्यक्षद्वयलाई आज बुझाएको प्रतिवेदनमा यथास्थितिमा एमसिसी स्वीकार गर्न नसिकेने उल्लेख छ।

कार्यदलका संयोजक तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

प्रतिवेदन बुझाएपछि खनालले पहिलोपोस्टसँग भने, ‘हामीले एमसिसीका विभिन्न विषयलाई गम्भीर रुपमा अध्ययन गर्यौं। अध्ययनमा हामी यथास्थितिमा एमसिसी पारित गर्न नसिकिने निष्कर्षमा पुगेका छौं। त्यसैले यसलाई पास गर्नुपर्छ तर संशोधन गरेर भन्ने सुझावसहितको प्रतिवेदन बुझाएका छौं।’

अध्यक्षद्वयले प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय मागेका छन्। त्यसपछि नेकपाको सचिवालय बैठकमा प्रतिवेदनका सुझावबारे छलफल हुने र निर्णयमा पुग्ने खनालले जानकारी दिए।

प्रतिवेदन बुझाउनुअघि कार्यदलका सदस्य भीम रावलले कार्यदलले सरकार र एमसिसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरेको बताएका थिए।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र एमसिसीका विषयमा विवाद बढ्दै गएपछि गत माघ १९ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्ययन गर्न कार्यदल गठन गरेको थियो। केन्द्रीय समितिले दिएको १० दिनको समयभित्र प्रतिवेदन तयार हुन नसकेपछि अर्को पटक फेरी १० दिनको समय थपिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell