PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

खप्तड गोल्डकपमा भारतको कञ्चनजङ्घा फुटबल क्लबको विजयी सुरुवात



एम बम

खप्तड गोल्डकपमा भारतको कञ्चनजङ्घा फुटबल क्लबको विजयी सुरुवात

कैलाली : कैलालीको धनगढीमा खप्तड गोल्डकपको चौँथो संस्करण शुरु भएको छ। सुदूरपश्चिम ११ स्पोर्टस क्लबको आयोजनामा सुदूरपश्चिमको एक मात्रै गोल्डकप धनगढी रंगशालामा शुरु भएको हो।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा भारतको कञ्चनजङ्घा फुटबल क्लब विजयी भएको छ।

धनगढी रंगशालामा भएको खेलमा वाग्मती युवा क्लब सिराहालाई टाई ब्रेकरमा ४–२ ले हराउँदै कञ्चनजङ्घा क्वाटर फाइनल प्रवेश गरेको हो। निर्धारित समयसम्म दुवै टिमले गोलरहित बराबरी खेलेपछि भएको टाई ब्रेकरमा कञ्चनजङ्घालाई जिताउन गोलरक्षक निगम सिंह नायक बने। उनले वाग्मतीका विपिन तुमसिङ मगर र अनिल मगरको प्रहारलाई रोकेका थिए।

यसअघिको दुवै हाफमा कञ्चनजङ्घाले अधिकांश समय बल आफ्नो अधिनमा राखेको भए पनि गोल गर्न नसकेपछि खेलको छिनोफानो टाई ब्रेकरबाट गरिएको हो। खेलमा कञ्चनजङ्घाका निगम सिंह म्यान अफ द म्याच भए। उनले नगद १० हजार सहित ट्रफी पाएका छन्।

पहिलो खेलमा जित हात पारेको कञ्चनजङ्घाले अब सेमिफाइनल प्रवेशका लागि आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिता अन्तर्गत शनिवार सशस्त्र प्रहरी बलको एपिएफ क्लब र न्यू रोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुने आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए।

प्रतियोगिताका विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell