PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

भ्रष्टाचारीलाई कारबाही गर्न नेविसंघको माग



रासस

भ्रष्टाचारीलाई कारबाही गर्न नेविसंघको माग

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ। नेविसंघ केन्द्रीय समितिले शुक्रवार आयोजना गरेको विरोध कार्यक्रममा भ्रष्टाचारीलाई संरक्षण नगर्न सरकारलाई आग्रह गगरिएको छ।

कार्यक्रममा नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले जनताले तिरेको करले भ्रष्टाचार गर्न नपाइने बताए।

‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको सरकारका मन्त्रीमाथि नै भ्रष्टाचारको आरोप लाग्नु दुःखद् कुरा हो,’ उनले भने।

अध्यक्ष ढुङ्गानाले बहुमत प्राप्त सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप समेत लगाए। उनले सरकारले पुस्तकमा १० प्रतिशत शुल्क बढाएर विद्यार्थीलाई समस्यामा पारेको बताए।

नेविसंघका महामन्त्री दीपक भट्टराईले मन्त्रीको राजीनामाले मात्र भ्रष्टाचार उन्मूलन नहुने भन्दै भ्रष्टाचार गर्ने मन्त्रीलाई कानुनी कारबाही गर्नुपर्ने बताए। नेविसंघका महामन्त्री युवराज पाण्डे, बलदेव तिमल्सेनालगायतले भ्रष्टाचार गर्नेलाई कानुनी कारबाही नगरेसम्म नेविसंघले निरन्तर आन्दोलन गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell