PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

कार दुर्घटनामा एक महिलाको मृत्यु, तीन जना घाइते



रासस

कार दुर्घटनामा एक महिलाको मृत्यु, तीन जना घाइते

कास्की : पोखरामा शुक्रवार साँझ भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पोखरा महानगरपालिका-२२ पुम्दीभुम्दीको शान्तिस्तुपाबाट पोखरातर्फ आउँदै गरेको ग २ च ७७६३ नम्बरको कार पौने पाँच बजे छोरेपाटन नजिकै राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा पोखरा–१७ बेलघारी बस्ने २१ वर्षीया जमुना क्षेत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा तनहुँ बन्दीपुर घर भई हाल पोखरा-१७ छोरेपाटन बस्ने २१ वर्षीया बिना थापामगर तथा उनका छोरा अन्दाजी तीन वर्षका अनिस थापामगर र मृतक महिलाका छोरी घाइते भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए। क्षेत्रीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीको भनाइ थियो। दुर्घटनालगत्तै घाइतेलाई स्थानीयले उद्धार गरी नजिकैको नमस्ते अस्पताल पुर्‍याएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell