PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

रेडियो बाजुरा नजिकै सेनाले बम डिस्पोज गर्दा स्थानीयको चर्कियो घर



रासस

रेडियो बाजुरा नजिकै सेनाले बम डिस्पोज गर्दा स्थानीयको चर्कियो घर
गुगल इमेज

मार्तडी : यहाँस्थित बडीमालिका नगरपालिका–९मा रहेको पीसविन बाजुराको कार्यालय र रेडियो बाजुराको नजिकै राखिएको बम समरजीत गुल्मका सेनाले निष्क्रिय पारेको छ।

शुक्रवार राति अज्ञात समूहले रेडियो बाजुरा नजिक कालो झोलामा बेवारिसे अवस्थामा राखिएको बम आज सेनाले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए ।

रेडियोको नजिकै राखिएको प्रेसर कुकर बम सोही ठाउँमा निष्क्रिय पार्दा धर्म रोकायाको घरसमेत चर्केको उनले जानकारी दिए। उनका अनुसार बम कसले राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको छ। बम राखेको थाहा भएपछि स्थानीय त्रसित बनेका हुँदा खोजी कार्यमा प्रहरी लागेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell