PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

घर नै भाडामा लिएर यौनधन्दा गर्ने तीन जना पक्राउ



पहिलोपोस्ट

घर नै भाडामा लिएर यौनधन्दा गर्ने तीन जना पक्राउ

काठमाडौं : घर नै भाडामा लिएर यौनधन्दा संचालन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको टोलीले झापा मेचीनगर नगरपालिका वडा नम्वर ७ स्थित प्यारीभिट्टा भन्ने ठाउँमा घर भाडामा लिएर यौनधन्दा संचालन गर्नेहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा ५८ वर्षीय हरि भन्ने शिवप्रसाद घिमिरे, ४४ वर्षीय तुलसी कट्टेल र श्यासप्रसाद शिवाकोटी रहेका छन्।

प्रहरीले गत बुधवार राति दुई जना महिलालाई सोधपुछ गर्दा उनीहरुले भक्तपुर र मोरङ जिल्लाबाट आइ श्यामप्रसाद शिबाकोटी लगायतले कोठाहरुमा ग्राहकहरु बोलाई यौन सम्पर्क गराउने जानकारी दिएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरुले यौनधन्दा सञ्चालन गर्नका लागि नै ४ तले घर भाडामा लिएको अनुसन्धानमा खुलेको छ।

तीन जनाबिरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार म्याद थप गरी अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell