PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

चिनियाँ राष्ट्रपतिको बिल गेट्सलाई पत्र : हृदयदेखि नै धन्यवाद



पहिलोपोस्ट

चिनियाँ राष्ट्रपतिको बिल गेट्सलाई पत्र : हृदयदेखि नै धन्यवाद

बेइजिङ : चिनियाँ राष्ट्रपति सी चिनफिङले बिल गेट्सलाई पत्र लेख्दै धन्यवाद ज्ञापन गरेका छन्। बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका सह अध्यक्ष बिल गेट्सलाई नोभल कोरनाभाइरस डिजिजको सन्दर्भमा देखाएको सहानुभूतिप्रति उनले धन्यवाद जनाएका हुन्।

२० फेब्रुअरीका दिन चिनियाँ राष्ट्रपतिले लेखेका छन्, 'म हृदयदेखि नै बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई अहिलेको यस्तो अवस्थामा चिनियाँ नागरिकप्रति देखाएको सद्‍भावप्रति धन्यवाद प्रकट गर्दछु।'

गेट्सले गत फेब्रुअरी ६ मा पत्राचार गर्दै चीनमा नराम्ररी फैलिएको कोरोना भाइरसविरुद्ध आपतकालीन सहयोगका रुपमा १ सय मिलियन अमेरिकी डलर उपलब्ध गराउने जनाएका थिए। उनले चीनको इपिडिमोलोजिकल अनुसन्धान, आपतकालीन हस्तक्षेप र औषधि र भ्याक्सिनको उत्पादन लगायतका क्षेत्रमा खर्च गर्नका लागि उक्त रकम सहयोगी हुनसक्ने गेट्सले पत्रमा उल्लेख गरेका थिए।

'जसै कोरोना आउटब्रेक भयो, मैले एकताका लागि आह्वान गरे। वैज्ञानिक पद्धतिमा आधारित भएर लक्षित समूहमा इपिडेमिक कन्ट्रोलका लागि सक्रिय हुन भनेँ,' राष्ट्रपतिले पत्रमा लेखेका छ, 'हामी चिनियाँ नागरिकको जीवन र स्वास्थ्यसँगै विश्वका सबै मुलुकहरुका नागरिकको रक्षाका लागि एकत्रित भएका छौं। विश्वव्यापी स्वास्थ्य सुरक्षाका लागि हाम्रो पक्षबाट हुने सबै कामप्रति हामी प्रतिवद्ध छौं।'

एकता र सहकार्य नै सबैभन्दा ठूलो र शक्तिशाली हतियार रहेको उल्लेख गर्दै उनले फाउन्डेसनले तत्काल सहयोग गरेकोमा धन्यवाद दिए।

'फाउन्डेसनले तत्कालै विश्वकै लागि हुनसक्ने सम्भावित जोखिमविरुद्ध अभियानमा संलग्नता देखाएर एउटा सक्रिय भूमिका निर्वाह गरेको छ,' सीले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell