PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

दिदीबहिनी कपको उपाधि एपिएफलाई



पहिलोपोस्ट

दिदीबहिनी कपको उपाधि एपिएफलाई
आर्मीविरुद्ध सट प्रहार गदै एपिएफकी सरस्वती चौधरी। फोटो : राखेप (फाइल)।

काठमाडौं : चौँथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफले जितेको छ।

१३ औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा अर्को विभागीय टोली नेपाल पुलिसलाई ४-१ को सेटमा हराउँदै एपिएफले उपाधि जितेको हो। फाइनल खेल शुक्रवार नै हुने भनिए पनि वर्षाका कारण आजलाई सरेको थियो।

पहिलो सेट २५-१५ ले गुमाएको एपिएफले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेटमा २५-२८, तेस्रोमा २५-२१ र चौथोमा २५-१२ ले जित हात पार्दै च्याम्पियन बनेको हो।

एपिएफले सेमिफाइनलमा न्यू डाइमन्डलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो भने पुलिसले अर्को विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको थियो। आजै भएको तेस्रो स्थानको प्रतिस्पर्धामा न्यु डाइमन्डले आर्मीलाई पराजित गर्‍यो।

प्रतियोगिताको विजेताले दुई लाख नगद पुरस्कार पाएका छन्। दोस्रो हुने टोलीले एक लाख तथा तेस्रो हुनेले ५० हजार नगद पुरस्कार पाए। सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell