PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गोकुल बाँस्कोटा प्रकरणमा कांग्रेस पनि सहयोगी भूमिकामा : अध्यक्ष थापा



एम बम

गोकुल बाँस्कोटा प्रकरणमा कांग्रेस पनि सहयोगी भूमिकामा : अध्यक्ष थापा

कैलाली : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारका गतिविधिले अहिलेको व्यवस्थानै भ्रष्टीकरणमा पर्न लागेको बताएका छन्। शनिवार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

‘२०६२/०६३ सालपछिको आमूल परिवर्तनको संवाहक तत्कालिन माओवादीले आफ्नै लडाकुका लागि प्राप्त गरेको राज्य कोषको रकमबाट शुरु भएको घोटाला अहिले आएर सबैका लागि मुख्य चुनौतीको विषय बनेको छ’, उनले भने, ‘जनताले झण्डै दुई तिहाइको वर्तमान सरकारसँग ठूलो अपेक्षा गरेका थिए तर लोकतन्त्रको आवरणमा लुटतन्त्र अहिले पनि कायमै रहेको छ।’

आमूल परिवर्तनको नारा दिएर शुरु गरिएको यो यात्राले नेपालमा लुटतन्त्रलाई संस्थागत गरेको भन्दै उनले यसबाट निश्चित व्यक्ति र दलमात्रै नभइ व्यवस्थाकै भ्रष्टीकरण हुँदै गएको दावी गरे।

‘त्यसको एक उदाहरण निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग जोडिएको अडियो प्रकरण हो’, उनले भने, ‘यसमा कांग्रेसले पनि सहयोगी भूमिका खेल्दै आएको छ। नेकपा मात्रै नभएर कांग्रेस पनि भ्रष्टाचारलाई सघाउ पुर्‍याउने दाउमा लागेको छ।’

उनले बाँस्कोटाको प्रकरणमा प्रधानमन्त्रीले तत्काल एक्सन लिएकोमा धन्यवाद दिँदै अब अख्तियारले यस प्रकरणमा सुक्ष्म अध्ययनसहित दोषीलाई कारबाही गर्नुपर्ने बताए।

एमसिसीबारे पत्रकारको जिज्ञासामा अध्यक्ष थापाले सरकारको विवादले अल्झिए पनि यो पारित भएर लागू हुनुपर्ने बताए।

‘प्रायः सबै राजनीतिक दलको सहमतिमा तयार पारिएको सम्झौता हो, अहिले सत्तारुढ दलको आपसी विवादले यो समस्यामा परेको छ। अब यसको सबै जिम्मेवारी सरकारले लिनुपर्छ,’ अध्यक्ष थापाले भने।

एमसिसी नेपालको हितमा रहेकाले यसमा विवाद गर्नुको कुनै औचित्य नरहेको समेत थापाले बताए। राप्रपा संयुक्त र राप्रपा पार्टीबीच एकीकरणका विषयमा आफू सकारात्मक नै रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell