PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

अतिक्रमित सरकारी जग्गा फिर्ता गर्न सरकारले चलायो डोजर



पहिलोपोस्ट

अतिक्रमित सरकारी जग्गा फिर्ता गर्न सरकारले चलायो डोजर
प्रतीकात्मक तस्विर।

काठमाडौं : अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियानलाई सरकारले तिव्रता दिएको छ।

शनिवार काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ तीनकुने जागृतिनगरमा रहेको अतिक्रमित जग्गा महागरले फिर्ता लिएको छ। त्यसक्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य गणेश दुलाल र वडा नम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीसहितको टोलीले अतिक्रमित जग्गामा डोजर चलाएको हो।

महानगरले अतिक्रमित जग्गामा रहेका घर टहराहरु भत्काएको छ। वडाध्यक्ष भण्डारीले १८ दिने सूचना जारी गरेपनि अटेर गरेपछि डोजर चलाएर टहरा भत्काउनुपरेको बताए।

‘पटकपटक सूचना जारी गरेर अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दा पनि अटेर गरेपछि आज हामीले भत्काएका हौँ,’ उनले भने।

प्रदेश सभा सदस्य गणेश दुलालले प्रमाणहरुका आधारमा भत्काएको ठाउँको जग्गा सरकारको नाममा रहेकोले टहराहरु भत्काइएको बताए।

‘सरकारी जग्गा अतिक्रमण गरेर वर्षौँदेखि एकजना व्यक्तिले भाडामा लगाएको थियो। बारम्बार सूचना जारी गर्दापनि अटेर गरेपछि आज घरटहरा भत्काएका हौँ। यो क्षेत्रमा रहेका सबै अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्ने अभियानका साथ अगाडी बढेका छौँ,’ उनले भने।

स्थानीयले भने खाली गर्न पर्याप्त सूचना नदिएको गुनासो गरेका छन्। जग्गा खाली गराउन ३५ दिने सूचना दिनुपर्नेमा १५ दिने सूचना जारी गरेर टहराहरु भत्काएको आरोप स्थानीयको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell