PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

आँखाले मात्र होइन हातले लुछ्यो पशुपतिमा सजाइएको फूलहरुको सौन्दर्य

आँखाले मात्र होइन हातले लुछ्यो पशुपतिमा सजाइएको फूलहरुको सौन्दर्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : शिवरात्रिका लागि फूलैफूलले सजाइएको पशुपति क्षेत्र एकाएक रंग उडेको जस्तो देखिएको छ।

बिहीबार र शुक्रबार रंगीचंगी फूलले सजाएर आकर्षित देखिएको पशुपति फूल चोरी भएपछि फुङ्ग देखिएको हो। शिवरात्रिका लागि सजाइएका फूलहरु रातारात चोरी भए पशुपति दर्शनका लागि पुगेका मानिसले फूलहरु थुतेर लगेकाले एकै दिनमा यसको सौन्दर्य गुमेको हो। व्यानर तथा अन्य सामाग्री पनि च्यातिएका छन्।

शिवरात्रिको लागि पशुपति क्षेत्र विकास कोषले ठूलै खर्चमा फूलहरुले सजाएको थियो। तर, त्यो सजावट शिवरात्रि सकिएको केही घण्टासम्म टिक्न सकेन। सबैको आँखा मात्र होइन, हात समेत फूलमा पर्दा आकर्षण टिक्न सकेन।

बिहिवार राती सजाएर फुलहरु
एकदिन अघि
एकदिन अघि
एकदिन अघि
एकदिन अघि


ट्रेन्डिङ पोस्ट

Ncell