PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

बसले किचेर एक महिलाको मृत्यु



रासस

बसले किचेर एक महिलाको मृत्यु

दमौली : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा शनिवार दिउँसो बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग १ ख ९६१८ नम्बरको बसले ठक्कर दिँदा सोही बसमा सवार अन्दाजी ६५ वर्षीया महिलाको मृत्यु भएको हो।

मृतक महिलाको नामथर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। सोही बसमा सवार रहेकी महिला ओर्लिएपछि बसको पाङ्ग्राले किचेको थियो।

घाइते महिलाको दमौली अस्पतालमा उपचार गर्न लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। बस र चालक प्रहरी नियन्त्रणमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell