PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

टोटेनहममाथि चेल्सीको जित



पहिलोपोस्ट

टोटेनहममाथि चेल्सीको जित

इङ्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा चेल्सीले टोटेनहममाथि जित निकालेको छ। घरेलु मैदानमा २-१ को जित निकाल्दै चेल्सीले तालिकाको शीर्ष चारमा आफूलाई कायम राख्न सफल भयो।

चेल्सीको जितमा ओलिभर जिरौड र मार्कोस एलोन्सोले गोल गरे। अर्कोतर्फ टोटेनहमका लागि एन्टनियो रुडिगरको आत्मघाती गोल नै सान्त्वना गोल हुन पुग्यो।

चेल्सीले खेलको १५ औं मिनेटमा जिरौडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। उनकै गोलमा चेल्सी पहिलो हाफमा १-० ले अघि रह्यो। दोस्रो हाफमा एलोन्सोले गोल गर्दै चेल्सीका लागि अर्को गोल थपे। उनले खेलको ४८ औं मिनेटमा गोल गरेका थिए। तर, खेलको ८९ मिनेटमा चेल्सीकै रुडिगरले आत्मघाती गोल गरेपछि टोटेनहमले खाता खोल्न सफल भयो। यद्यपि खेलमा फर्कन भने यो पर्याप्त भएन। र, चेल्सीले खेल २-१ ले जित्यो।

जितसँगै चेल्सीले २७ खेलमा १३ जित, ५ बराबरी र ९ पराजय भोग्दै ४४ अंक जोडेर अंकतालिकाको चौथो स्थानमा आफूलाई शुरक्षित गरेको छ। तेस्रो स्थानमा रहेको लेस्टरसिटीको ५० अंक छ। त्यस्तै आजको खेलमा पराजय भोगेको टोटेनहम ४० अंकसहित पाँचौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell