PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

लागुऔषधसहित चार जना पक्राउ



रासस

लागुऔषधसहित चार जना पक्राउ

सप्तरी : सप्तरी प्रहरीले लागुऔषधसहित चार जनालाई शनिवार पक्राउ गरेको छ। सप्तरीको सुरुङ्गा नगरपालिका-१ नैनडाँवरडाँडा र बोदे बर्साइन नगरपालिका-९ स्वर्णपट्टीबाट चार जना पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका-६ का २२ वर्षीय आकाश परियार र २० वर्षीय आमोदकुमार महतो तथा शम्भुनाथ नगरपालिका-३ का २२ वर्षीय ललित चौधरी र २० वर्षीय देवनारायण राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

उनीहरूको साथबाट ३० थान नाइट्रोजन ट्याब्लेट, १९ थान प्रोमेथाजाइन हाइड्रोक्लोराइड इन्जेक्सन, १८ थान डाइजेपाम इन्जेक्सन, १० थान नुरफिन इन्जेक्सन, नौ थान सिरिन्ज, चार थान नाइट्राभेट ट्याब्लेट, सात/सात थान फेनारगन, नोफिन र डाइजेलेब तथा २० ग्राम गाँजा फेला परेको छ।

शंका लागि जाँच गर्दा लागुऔषध बरामद भएकाले उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कडरवोनामा थुनामा राखी थप अनुसान्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell