PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

मेस्सीको चार गोलमा इबरलाई हराउँदै बार्सिलोना तालिकाको शीर्ष स्थानमा



पहिलोपोस्ट

मेस्सीको चार गोलमा इबरलाई हराउँदै बार्सिलोना तालिकाको शीर्ष स्थानमा

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले इबरमाथि फराकिलो जित निकालेको छ। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा लियोनेल मेस्सीको ४ गोलको सहायतामा बार्सिलोनाले इबरमाथि ५-० को फराकिलो जित निकाल्यो। बार्सलोलोनाका लागि अर्को गोल आर्थर मेलोले गरेका थिए।

लियोनल  मेस्सीले खेलको ४० मिनेट भित्रै आफ्नो ह्याट्रिक पुरा गरिसकेका थिए। खेलको १४ औं मिनेटमै टिमलाई अग्रता दिएका मेस्सीले ३७ औं मिनेटमा दोस्रो गोल गरे। फेरि त्यसको ३ मिनेटमै अर्को गोल गरेर ह्याट्रिक पुरा गरे। पहिलो हाफमा मेस्सीको ह्याट्रिकमा बार्सिलोना ३-० ले अगाडि रह्यो।

दोस्रो हाफमा पनि मेस्सीले नै अर्को गोल थपे। उनले खेलको ८७ औं मिनेटमा आफ्नो मेस्सीले आफ्नो चौथो गोल गर्दा त्यसको २ मिनेटभित्रै आर्थरले अर्को गोल थपे। र, बार्सिलोनाले ५-० को फराकिलो अन्तरले जित निकाल्यो।

जितसँगै बार्सिलोना अंकतालिकाको शीर्ष स्थानमा छ। तालिकामा २५ खेलमा १७ जित, ४ बराबरी र ४ पराजय भोगेको बार्सिलोनाको ५५ अंक छ। उसलाई एक खेल कम खेलेको निकटतम प्रतिद्वन्दी रियल मड्रिडले ५३ अंकसहित पछ्याइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell