PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

लेस्टरमाथि म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित



पहिलोपोस्ट

लेस्टरमाथि म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले १-० को संघर्षपूर्ण जित निकालेको छ। घरेलु टोली लेस्टरलाई हराउन म्यानचेस्टर सिटीका गाब्रियल जिससले निर्णायक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दुवै टिमले गोलका राम्रा अवसरहरु बनाएका थिए। यद्यपि दुवै टोलीले त्यसको सदुपयोग भने गर्न सकेनन्। दोस्रो हाफमा म्यानचेस्टर सिटीले कर्नर प्रहारको क्रममा प्रएटको हातमा ठोकिएर बाहरिएको थियो। भिएआरको माध्यमबाट सिटीले पेनाल्टीको अवसर पाए पनि अग्युरोले यसको सदुपयोग गर्न सकेनन्।

खेलको ८० मिनेटमा जिससले गोल गर्दै म्यानचेस्टर सिटीको अग्रता बनाए। र, यो नै उनको टिमको जितका लागि पर्याप्त बन्यो।

जितसँगै अंकतालिकामा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले ५७ अंक बनाएको छ। तालिकाको तेस्रो स्थानमा रहेको लेस्टर सिटीको ५० अंक छ। तालिकामा लिभरपुल ७६ अंकसहित शीर्षस्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell