PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

सताशी गोल्डकपका लागि झिलझिलेमा थ्री स्टार र मछिन्द्र भिड्दै, ए डिभिजनपछि दोस्रो उपाधिको दाउमा मछिन्द्र



पहिलोपोस्ट

सताशी गोल्डकपका लागि झिलझिलेमा थ्री स्टार र मछिन्द्र भिड्दै, ए डिभिजनपछि दोस्रो उपाधिको दाउमा मछिन्द्र

काठमाडौं : झापाको झिलझिलेमा जारी तेस्रो संस्करणको सताशी गोल्डकपका लागि थ्री स्टार क्लब र मछिन्द्र क्लब भिड्दैछन्।

सताशी स्पोटिङ क्लबलाई हराएर फाइनलमा पुगेको थ्री स्टारले ए डिभिजनको च्याम्पियनसमेत रहेको मछिन्द्र क्लबसँग खेल्नेछ। मछिन्द्र क्लबले सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीक्लबलाई हराउँदै फाइनल प्रवेश गरेको थियो।

मछिन्द्र क्लबका कप्तान विराज महर्जन टिमसेट मिल्दैगएकाले आफूहरु उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रने बताए।'लिग सकिएको एक सातामा हामी अर्को प्रतियोगिताको फाइनलमा पुगेका छौं। टिमसेट राम्रो छ। साइकोलोजी राम्रो छ।हाम्रो साख जोगाउन लक्ष्य छ,' कप्तान विराजले पहिलोपोस्टसँग भने, ‘हामीलाई सेमिफाइनल पनि टफ थियो। थ्री स्टार पनि बलियो टोली छ। हामी उपाधि लक्ष्यका साथ उत्रने छौं।’

खेल आज दिउँसो ३ बजे शुरु हुनेछ। प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell