PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

कांग्रेसले बहुमत नल्याएसम्म विश्राम लिन्नँ : शेखर कोइराला



पहिलोपोस्ट

कांग्रेसले बहुमत नल्याएसम्म विश्राम लिन्नँ : शेखर कोइराला

बाँके : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउन सक्ने बनाउने लक्ष्य बोकेर आफूले यात्रा थालेको बताएका छन्।

नेपाली कांग्रेस बाँकेले नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले उक्त लक्ष्य प्राप्त नभएसम्म आफूले विश्राम नलिने बताए। पार्टीलाई सबल, सक्षम र कार्यकर्तामैत्री बनाउन आफू जस्तोसुकै कठिन काम गर्न पनि तयार रहेको उनको भनाई थियो।

कोइरालाले भने, 'गुट र भागबण्डाको राजनीतिले गर्दा पुस्तौनी आफ्नो सम्पूर्ण जीवन पार्टीका लागि लगानी गरेका त्यागी साथीहरु माथि अन्याय बढ्दै गयो।'

कोइरालेले पार्टीभित्र मूल्यांकनको परिपाटी अन्त्य भएको बताउँदै १४औँ महाधिवेशनपछि दूरदराजका निष्ठावान र ईमान्दार नेता तथा कार्यकर्तामाथि न्याय हुने बताए।

आफू सत्यको बाटोमा हिँडेको बताउँदै कोइरालाले कठिन परिस्थितिमा पनि विचलित नहुने बताए।

कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले दुई कम्युनिस्ट पार्टी एक भएर मात्रै कांग्रेसको पराजय नभएको भन्दै कांग्रेसभित्रको अन्तर्घात पनि महत्वपूर्ण कारक रहेको दाबी गरे। अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेसभित्र गलत प्रवृति हावी भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell