PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

मल र विषादी छर्न ‘ड्रोन’को प्रयोग



रासस

मल र विषादी छर्न ‘ड्रोन’को प्रयोग
प्रतीकात्मक तस्विर।

तुलसीपुर : अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ। प्रदेश नम्बर ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिवारदेखि शुरु भएको प्रदेश एक्स्पोमा राखेको छ।

आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याएको प्रदेश नम्बर ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले जानकारी दिइन्।

‘हामीले कृषिमा आधुनिकीकरण गर्न खोजिरहेका छौँ, हामीले अहिले मल र विषादी छर्नका लागि ड्रोन भित्र्याएका छौँ’, उनले भनिन्, ‘यसले किसानलाई धेरै सहजता ल्याउँछ।’

ड्रोनबाट मल तथा विषादी छर्ने प्रविधि सबै किसानको घरमा पुर्‍याउने मन्त्रालयले योजना बनाएको जनाइएको छ। एक्स्पोमा प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु पनि राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell