PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

छाउपडी अन्त्य गर्न अन्तर्राष्ट्रिय गोष्ठी हुँदै



रासस

काठमाडौं : सरकारले सुदूरपश्चिमका केही जिल्लामा व्याप्त छाउपडी प्रथा अन्त्य गर्ने अभियानलाई तीव्रता दिएको छ। छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी जेठ १३ देखि १५ गतेसम्म ‘अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी’को आयोजनासमेत गर्ने भएको छ।

मन्त्रालयले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पार्वत गुरुङले महिनावारी सम्बन्धि भए/गरेका कामलाई परिवर्तन गर्ने उद्देश्यले विभिन्न २० देशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारका प्रतिनिधि र नीति निर्माताको सहभागिता रहने जानकारी दिए।

दोस्रो राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित गोष्ठीको मूल नारा ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ भन्ने रहेको छ। गोष्ठीमा महिनावारीका विभिन्न पक्ष भान्सादेखि संसद्सम्म महिनावारी निषेधको अन्त्य यौनिक र प्रजजन् स्वास्थ्य अधिकार, धार्मिक मान्यता, सरसफाई र छाउपडीसम्बन्धी ऐन/कानून र नीतिका बारेमा छलफल गरिनेछ।

सोही अवसरमा मन्त्री गुरुङले लैङ्गिक समानताका लागि महिनावारीलाई मानव अधिकारको दृष्टिबाट हेर्नुपर्नेमा जोड दिए। सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य समाज निर्माण गर्ने सरकारको योजनाअनुसार नै मन्त्रालयले छाउपडी अन्त्यको अभियानलाई तीव्रता दिएको मन्त्री गुरुङको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell